Rule 43
जल उपयोग मापक यन्त्र जडान गर्ने
(१) पानी आपूर्तिकर्ताले सेवा शुल्क निर्धारण गर्ने प्रयोजनको लागि उपभोक्ताले उपयोग गर्ने खानेपानीको परिमाणको नाप गर्न प्रत्येक उपभोक्ताको धारामा आवश्यक सिल लगाई जल उपयोग मापक यन्त्र जडान गरी दिनु
पर्नेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि विशेष परिस्थितिमा वा सरलीकरणको लागि पानी आपूर्तिकर्ताले जल मापक यन्त्र जडान नगरेर पनि उपभोक्तालाई सेवा उपलब्ध गराउन सक्नेछ ।
(३) उपनियम (१) बमोजिम जडान भएको जल उपयोग मापक यन्त्र बिग्रिएमा, नासिएमा वा अरु कुनै कारणबाट काम नलाग्ने भई उपयोग गरेको पानीको परिमाणमा नाप गर्न नसक्ने भएमा उपभोक्ताले सो कुराको सूचना यथाशक्य छिटो पानी आपूर्तिकर्तालाई दिनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम सूचना प्राप्त हुन आएमा पानी आपूर्तिकर्ताले यथाशक्य छिटो सम्बन्धित उपभोक्ताको धारामा जडान गरिएको जल उपयोग मापक यन्त्रको मर्मत सम्भार गर्न वा त्यस्तो धारामा नया“ जल उपयोग मापक यन्त्र जडान गरिदिनु पर्नेछ ।
(५) जल उपयोग मापक यन्त्रमा पानी आपूर्तिकर्ताले लगाइएको सिल पानी आपूर्तिकर्ताको तर्फबाट खटिई आएको व्यक्ति बाहेक अन्य व्यक्तिले फेर्न वा खोल्न हुंदैन ।